अझै केहीदिन बाढी पहिरोको सम्भावना, सचेत रहन आग्रह
सांकेतिक तस्वीर
काठमाडौं । बुधबारबाट लगाता भइरहेको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोको घटनाहरु सार्वजनिक भइरहेका छन्। बाढीपहिरोले कतै पुल भत्काएको छ त कतै उद्योग, होटल तथा आवासीय क्षेत्रमा बाढी पसेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह समेत गरेको छ। महाशाखाद्वारा प्रकाशित हुने बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रही प्रदेश २ र बागमती प्रदेशका एक दुर्इ स्थानमा धेरै भारि बर्षाको समेत सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भू–भागमा भु–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’
यस्तै बाढी पूर्वानुमान महाशाखाले नारायणीमा खतराको संकेत गरेको छ। रजइयाको पश्चिम राप्ती र विमलानगरको मर्साङ्दीमा पानीको बहाब बढेकोले सतर्क रहन महाशाखाको अनुरोध छ।
मौसम पूर्वानुमान महाशाखाले सोमबारसम्म वर्षा भइरहने सम्भावना रहेको बताएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment