क्रियाशील सदस्यता विवाद समयमै टुङ्ग्याउन देउवाको निर्देशन

डिसी नेपाल
१९ असार २०७८ १४:४१
76
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र भएको क्रियाशील सदस्यता विवाद समयमै टुङ्गोमा पु¥याउन समितिलाई निर्देशन दिएका छन्। शनिबार देउवा निवास बुढानिलकण्ठमा आफू निकट नेताहरुसँगको छलफलमा समितिलाई समयमै विवाद टुङ्ग्याउन निर्देशन दिएका हुन्।

क्रियाशील सदस्यता छानविन समिति संयोजक रमेश लेखकसहित समितका अन्य पदाधिकारीसँग देउवाले कुरा गरेका थिए। समितिले विवाद भएका वडाहरुमा १३औँ महाधिवेशनकै आधारमा निर्वाचन गराउन सकिने सुझाव दिएको स्रोतले जानकारी दियो।

तत्कालिन फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार र राप्रपाबाट सुनील थापाको नेतृत्वमा आएका सदस्यसहितलाई क्रियाशील सदस्यता वितरण गर्नु पर्ने अवस्था छ। कांग्रेसले गच्छदारलाई २५ हजार र थापालाई १० हजार क्रियाशील सदस्यता दिने निर्णय गरेको थियो।

‘तोकेकै समयमा महाधिवेशन गर्नु पर्ने संवैधानिक वाध्यता भएकाले समयमै क्रियाशील सदस्यता विवादको टुङ्गो लगाउनुहोस्’, सभापति देउवालाई उदृत गर्दै स्रोतले भनेको छ।

वैठकमा सहभागि भएका छानविन समितिका संयोजक लेखकसहित चारै जनाले देशभरको क्रियाशील सदस्यताका बारेमा ब्रिफिङ गरेका थिए। संयोजक लेखकले पाँच सय वडामा सदस्यताबारे विवाद रहेकोमा ३ सय पचासमा जटिल प्रकृतिका विवाद रहेको जानकारी गराएको पनि स्रोतको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *