वर्षाका कारण समस्या आउनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह
सांकेतिक तस्वीर
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले वर्षाका कारण दैनिकी र यातायातमा समस्या आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ। आफ्नो नियमित बुलेटिनमार्फत महाशाखाले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका लागि विषेश सतर्कताको लागि अनुरोध गरेको हो।
महाशाखाद्वारा जारी बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’
यस्तै, महाशाखाले प्रदेश २, लुम्बिनी प्रदेश, कर्णाली तथा सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशको दक्षिणि भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ।
देशका अधिकांश भूभागहरूमा सामान्यदेखि पूर्ण बदली भई प्रदेश १ का केही स्थानहरुमा मध्यम वर्षा भईरहेको साथै प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही भूभागमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ।







डिसी नेपाल







Facebook Comment