तालिबानसँगको लडाइँबाट बच्न अफगान सैनिक भागेर ताजकिस्तान पुगे

डिसी नेपाल
२१ असार २०७८ १९:२१
1.4k
Shares

काबुल (एजेन्सी)। अफगानिस्तानको सरकारी सेनाका केही जवानहरु भागेर ताजकिस्तान पुगेका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार तालिबानसँगको लडाइँपछि ज्यान जोगाउन करिब १ हजार अफगान सैनिक छिमेकी मुलुक ताजकिस्तान पुगेका छन्।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने भएसँगै त्यहाँ पछिल्ला दिनहरुमा तालिबानको आक्रमण बढेको छ। तालिबानले तिब्र गतिमा अफगान सहरहरुमा कब्जा गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। हिंसाका घटनामा वृद्धि भएसँगै अफगान सैनिक छिमेकी मुलुकमा सीपा पार गरेर पुगेको ताजिकस्तानका अधिकारीहरुले जनाएका छन्। ताज अधिकारीहरुले अफगानिस्तानबाट शरणार्थीहरु त्यहाँ आउन सक्ने भन्दै त्यसको तयारी पनि तिब्र पारिएको जनाएका छन्।

आगामी सेप्टेम्बर ११ मा अफगानिस्तानबाट अमेरिकी सेना फर्किँदैछ। अमेरिकाको नेतृत्वमा नेटो सेनाले अफगानिस्तानमा २० वर्षे मिशन चलाएको थियो। २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा आतंकवादी आक्रमण भएपछि अमेरिकाले त्यसको दोष अल कया दा चरमपन्थी संगठनमाथि लगाएको थियो। अल कयादाका तत्कालिन प्रमुख ओसामा बिन लादेनलाई शरण दिएको भन्दै अमेरिकी सेनाले तत्कालिन तालिबान नेतृत्वको अफगानिस्तानमाथि आक्रमण गरेको थियो। अमेरिकी नेतृत्वमा नेटो सेनाको आक्रमणपछि तालिबान सरकार पतन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *