बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधन

डिसी नेपाल
२३ असार २०७८ ८:३६
2.0k
Shares

काठमाडौं। बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको ९८ वर्षकाे उमेरमा निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका दिलीप कुमारको बुधबार विहान निधन भएको पारिवारिक स्रोतलाईउद्धृत गदै भारतीय संचारमाध्यमले जनाएका छन्।

दिलीप कुमारको वास्तविक नाम मोहम्मद यूसुफ खान थियो। उनले ज्वार भाटा १९४४, अन्जाद १९४९,  देवदास १९५५लगायत ५० भन्दा धेरै फिल्ममा काम गरेका छन्।

कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन्। उनीहरूका सन्तान छैनन्। कुमारले सन् १९४४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए। तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उनलाई ख्याति दिलाएको थियो।

व्यावसायिक हिसाबले सफल चलचित्रमा नर्गीस र राज कपुरले पनि अभिनय गरेका थिए जो पछि गएर चर्चित अभिनेता बन्न सफल भए।उनको जन्म सन् १९२२को डिसेम्बर महिनामा पाकिस्तानको पेसावरमा भएको थियो। हाल पाकिस्तानमा पर्ने पेसावरमा उनको जन्म हुँदा उनको नाम यूसूफ खान राखिएको थियो।

आफ्ना केही मुस्लिम सहकर्मीहरूजस्तै उनले हिन्दी चलचित्र उद्योग प्रवेश गर्दा हिन्दू नाम दिलीप कुमार राखेका थिए। कुमारको जीवनी लेखेका लर्ड मेघनाथ देसाईले उनलाई प्रख्यात हलिउड अभिनेता मार्लन ब्रयान्डो वा इटलीका मार्चेल्लो मास्त्रोयान्नीसँग तुलना गरेका छन्।

“दिलीप कुमार भारतीय चलचित्रले स्थापित गरेका सर्वश्रेष्ठ अभिनेता थिए। उनीभन्दा प्रख्यात अभिनेता अरू पनि छन् तर उनीभन्दा कुशल अभिनेता भने छैनन्।”

“उनी आफ्नो समयका सबैभन्दा अब्बल ‘ट्रयाजिक’ अभिनेता थिए तर हास्य विधामा पनि सफल भए,” उनले बीबीसीलाई भने।
मेला, नयाँ दौर, गङ्गा जमुना, देवदास र मुग़ल ए आज़म जस्ता सफल चलचित्रबाट उनले थुप्रै प्रशंसक कमाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.