हैटीका राष्ट्रपतिको गोली हानी हत्या
पोर्ट अफ प्रिन्स (एजेन्सी)। अफ्रिकी मुलुक हैटीका राष्ट्रपतिको गोली हानी हत्या गरिएको छ। हैटीका अन्तरिम प्रधानमन्त्री क्लोड जोसेफले राजधानी पोर्ट अफ प्रिन्सस्थित राष्ट्रपति कार्यालयमा भएको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ।
प्रधानमन्त्री जोसेफका अनुसार स्थानीय समय अनुसार बुधबार दिउँसो १ बजे केही हतियारसहितका व्यक्तिहरुले राष्ट्रपति जोवेनेल मोइजमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।
सो आक्रमणमा राष्ट्रपतिकी श्रीमती पनि घाइते भएकी छन्। प्रधानमन्त्रीले शान्ति सुरक्षा कायम गर्न आवश्यक कदम उठाइएको जानकारीसमेत दिएका छन्। ५३ वर्षीय मोइज २०१७ देखि सत्तामा थिए। उनीमाथि भ्रष्टाचारको आरोपसमेत थियो। भ्रष्टाचारको आरोपमा कैयौं विरोध प्रर्दशनहरुसमेत भएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment