भारतीय प्रधानमन्त्री मोदीद्वारा मन्त्रिपरिषद विस्तार, ४३ जना नयाँ मन्त्रीले लिए शपथ

डिसी नेपाल
२३ असार २०७८ १९:१९
1.2k
Shares

नयाँ दिल्ली (एजेन्सी)। भारतमा बुधबार मन्त्रिपरिषद विस्तार गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार मन्त्रिपरिषद विस्तार गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। मोदी क्याबिनेटमा ४३ जना नयाँ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेपछि दोस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका हुन्। मोदीले पहिलो पटक ठूलो संख्यामा मन्त्रिमण्डलमा फेरबदल गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

नयाँ व्यक्तिहरुका लागि यसअघि मोदी क्याविनेटमा रहेका मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन्।

काँग्रेस आई त्यागेर भाजपामा सामेल भएका जोतिरादित्य सिन्धिया पनि क्याविनेट मन्त्री भएका छन्। सिन्धिया यसअघि काँग्रेस आईको मनमोहन सिंह सरकारमा पनि मन्त्री थिए। तर, २०१९ को आम निर्वाचनमा पराजय भोगेपछि उनी भाजापमा सामेल भएका थिए। त्यसपछि उनी भाजपाको उम्मेदवारका रुपमा राष्ट्रियसभामा निर्वाचित भएका थिए।

नवनियुक्त मन्त्रीहरु

नारायण राणे
सर्वानन्द सोनोवाल
वीरेन्द्र कुमार
ज्योतिरादित्य सिंधिया
आरसीपी सिंह
अश्विनी वैष्णव
पशुपति कुमार पारस
किरण रिजिजू
राजकुमार सिंह
हरदीप सिंह पुरी
मनसुख मंडाविया
भूपेंद्र यादव
पुरुषोत्तम रूपाला
जी किशन रेड्डी
अनुराग ठाकुर
पंकज चौधरी
अनुप्रिया पटेल
सत्यपाल सिंह बघेल
राजीव चंद्रशेखर
शोभा करंदलाजे
भानुप्रताप सिंह वर्मा
दर्शना विक्रम जरदोश
मीनाक्षी लेखी
अन्नपूर्णा लेखी
ए नारायण स्वामी
कौशल किशोर
अजय भट्ट
बीएल वर्मा
अजय कुमार
देवसिंह चौहान
भगवंत खूबा
कपिल पाटिल
प्रतिमा भौमिक
सुभाष सरकार
भगवत कृष्ण राव कराड
राजकुमार रञ्जन सिंह
भारती प्रवीण पवार
विश्वेश्वर टुडू
शान्तनु ठाकुर
महेन्द्र भाई मुन्जापारा
जोन बारला
एल मुरुगन
नीतीश प्रामाणिक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *