चलचित्र ‘लक्ष्मी रानी’को कथा लेखन अन्तिम चरणमा

डिसी नेपाल
५ मंसिर २०७५ ६:१९

काठमाडौं । नेपाली चलचित्र ‘लक्ष्मी रानी’को कथा लेखन कार्य अन्तिम चरणमा पुगेको छ । नायिका शुभेच्छा थापाको लेखन तथा निर्देशनमा बन्दै गरेको यस चलचित्रको कथा लेखन कार्य अन्तिम चरणमा पुगेको बताइएको छ।

यसै चलचित्रबाट नायिका थापा निर्देशमा डेब्यू गर्दैछिन्। लक्ष्मी पुजाको दिन घोषणा भएको यो चलचित्र नयाँ वर्ष २०७६ को लक्ष्मी पुजाकै दिन प्रदर्शनमा आउने निर्माण टिमको भनाई छ। चलचित्रको माघ दोस्रो हप्ताबाट छायांकन हुने तयारीमा छ।

यस चलचित्र नायिका थापाले दोहोरो भूमिका निर्वाह गर्दैछिन् । चलचित्रमा बाबुल गिरीको संगीत रहने छ। पत्रकार विनोद त्रिपाठीले निर्माण गर्ने यस चलचित्रमा नायिका थापासँगै नायक जयकिशन बस्नेत, मिथिला शर्मा, पल्पसा डंगोल (चम्सुरी)लगायतका कलाकारहरुको बिशेष भूमिका रहने छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *