संसारको सबभन्दा ठूलो घोडा बिग जेकको मृत्यु

डिसी नेपाल
२४ असार २०७८ १५:२३
568
Shares

काठमाडौं। संसारकै सबैभन्दा ठूलो घोडा बिग जेकको मृत्यु भएको छ । बिग जेक २० वर्षको थियो । यो घोडा बेल्जियमको पायनेटको स्मोकी हलो फार्ममा थियो । फार्मका मालिक जेरी गिल्बर्टकी पत्नी भेलिसिया गिल्बर्टले बिग जेकको मृत्यु भएको जानकारी दिइन् । उनले बिग जेकको २ हप्ता पहिले मृत्यु भएको बताइन् ।

समाचार एजेन्सी एपीले फेसबुकको माध्यमबाट सोमबार उनीसँग सम्पर्क गर्दा उनले बिग जेकको मृत्यु भएको स्पष्ट मिति भने बताउन अस्वीकार गरिन् । परिवारको तर्फबाट दिइएको बयानमा भनिएको छ ‘हामी त्यो दिनलाई स्मरण गर्ने छैनौं । यो हाम्रो परिवारको लागि दर्दनाक घटना हो ।’

बिग जेकको उचाइ ६ फिट १० इन्च थियो । उसको तौल ११३६ किलो थियो । बिग जेकलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डसले २०१० मा संसारको सबेभन्दा ठूलो जीवित घोडाको रुपमा प्रमाणित गरेको थियो । घोडाका मालिक जेरी गिल्बर्टले डब्लुएम टिभीसँग कुरा गर्दै बिग जेक एक सुपरस्टार र वास्तवमा शानदार जनावर भएको बताए ।

उनका अनुसार बिग जेकको जन्म नेब्रास्कामा भएको थियो । जनमको समयमा उसको तौल १०९ किलो थियो । यो सामान्य बेल्जियन घोडाको बच्चाको तुलनामा ४५ किलो बढी थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *