जागिरबाट निकालिएको रिसमा कम्पाउन्डरले महिला डाक्टरको सिउँदोमा सिन्दूर हालिदिए

डिसी नेपाल
३० असार २०७८ ८:४१

काठमाडौं। अस्पतालमा कम्पाउन्डरको रुपमा काम गरिरहेका एक युवकलाई अस्पताल संचालक महिला डाक्टरले जागिरबाट निकालिदिएपछि त्यही रिसमा उनले महिला डाक्टरलाई जबरजस्ती सिन्दूर हालिदिएका छन् । भारतीय मिडियाका अनुसार घटना बिहार राज्यको समस्तीपुरको हो । जिल्लाको दलसिंहसराय प्रखण्डकी प्रभारी चिकित्सा अधिकारीको सिउँदोमा उनकै कम्पाउन्डरले जबरजस्ती सिन्दुर हालिदिएर फोटो र भिडियो समेत भाइरल गराएका छन् ।

जानकारीका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रकी प्रभारी चिकित्सा अधिकारी अणिमा रंजनले नजिकै निजी अस्पताल पनि चलाउँछिन् । उनको अस्पतालमा बम्बइया गाउँमा सुमित कुमार कम्पाउन्डरका रुपमा काम गर्थे । केही दिनअघि महिला डाक्टरले उनलाई जागिरबाट निकालिदिएकी थिइन् । जागिर गएका कारण रिसाएका सुमितले बदला लिनको लागि यस्तो गरेका थिए ।

कम्पाउन्डर सुमितले जबरजस्ती महिला डाक्टरको कार्यकक्षमा पसेर सिन्दुर हालिदिएर फोटो र भिडियो बनाए । महिला डाक्टरले यस विषयमा पुलिसमा उजुरी दिएकी छिन् । पीडित महिला चिकित्सकले सामाजिक संजालमार्फत कम्पाउन्डरविरुद्ध पुलिसमा उजुरी दर्ता गरेको बताएकी छिन् तर क्यामेराअगाडि कुनै बयान दिन अस्वीकार गरेकी छिन् । पुलिस एसपी मानवजित सिंह ढिल्लोले उजुरी दर्ता गरिएको पुष्टि गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *