मोटरसाइकलको ठक्करबाट बृद्धको मृत्यु

डिसी नेपाल
३१ असार २०७८ १३:३५

सप्तरी। सप्तरीमा मोटरसाइकलको ठक्करबाट एक जना बृद्धको मृत्यु भएको छ। तिलाठी कोइलाडी गाउँपालिका ५ निवासी ७५ वर्षीय सरयोग रायको मोटरसाइकल ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।

तीन जना सवार रा ४ प ९५४ नम्बरको मोटरसाइकलले सोही वार्डमा गएराति उनलाई ठक्कर दिएका थिए। ठक्करबाट घाइते उनको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचारकै क्रममा राति मृत्यु भएको प्रहरीले बताइएको छ।

मोटरसाइकल र चालक संजय राय, मोटरसाइकलमा सवार रघुनन्द राय र अम्बेशकुमार रायलाई प्रहरीले नियन्त्रणमा लिएका छन्। घटनाको थप अनुसन्धान भईरहेको प्रवक्ता काफ्लेले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *