किर्ते हस्ताक्षर गरि नागरिकता बनाउन आएका दुई जना पक्राउ

डिसी नेपाल
१ साउन २०७८ १०:१४

सप्तरी। वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी जिल्ला प्रशासन कार्यालय सप्तरीमा नागरिकता बनाउन आएका दुई व्यक्ति बिहीबार पक्राउ परेका छन्।नक्कली बुवा बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवैलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए।

पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर १५ देउरी भरुवा निवासी देबन यादव र भारती नागरिक उनका ज्वाइँ शिबनन्दन यादव रहेका छन्।

शिबनन्दन आफ्नो छोरा भएको भन्दै देबनले वडा कार्यालयबाट सिफारिस लिएर नागरिकता बनाइदिन भन्दै जिल्ला प्रशासन कार्यालय आएका थिए। दुबै नक्कली नागरिकता बनाउन आएको भनी वडा कार्यालयबाट फोनबाट जानकारी प्राप्त भएको प्रजिअ आचार्यको भनाइ रहेको छ।

प्रशासकीय अधिकृतको टेबुलमा फायल आएकै समयमा यस्तो जानकारी आएपछि कार्यालयले वडा अध्यक्ष रामप्रसाद यादवलाई बोलाएर जानकारी माग्दा उनले गरिएको सिफारिसमा आफ्नो हस्ताक्षर नभएको बताएका थिए।

प्रशासकीय अधिकृत किशोर रामका अनुसार वडा अध्यक्षले गर्दै आएको हस्ताक्षर नमिलेपछि प्रहरी बोलाएर दुबैलाई पक्राउ गर्न लगाइएको हो।

पक्राउ परेका देवनका ज्वाइँ शिबनन्दनले आफू नेपाली नागरिक भएको दावी गर्दै आएका छन्। तर, स्थानीयले उनी भारतीय नागरिक भएको बताएका छन्। यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *