हाँस्य कलाकार पल्पसाको मिर्गौलामा समस्या, अस्पताल भर्ना
काठमाडौं। हाँस्य कलाकार पल्पसा डंगोल (चम्सुरी)को दुबै मिर्गौलामा समस्या भएको छ। मिर्गौला समस्याका कारण उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन्। अस्पतालका अनुसार उनको दुबै मिर्गौला फेल भएको छ।
शनिबार कलाकार दीपाश्री निरौलाले उनलाई अस्पताल पुगेर भेटेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा तस्वीरसमेत पोस्ट गर्दै पल्पसालाई मिर्गौलाको समस्या भएको जानकारी दिएकी छन्। कलाकार पल्पसाले हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा काम गर्दै आएकी थिइन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment