साउनको पहिलो सोमबार नाग सर्प देखा परेपछि भक्तजनको घुइँचो
सप्तरी। सप्तरीको रुपनी गाउँपालिका वडा न ४मा एक जनाको देवता कोठामा साउनको पहिलो सोमवार नागसर्प निस्केपछि देवता मानेर भक्तजनहरूले पूजापाठ गर्न सुरु गरेकाछन्।
विहान स्थानीय श्याम मडरको घरमा नाग देवता देखा परेपछि सर्पलाई बाहिर निकाल्ने बित्तिकै नजिकै रहेको मन्दिरको शिवलिंग नजिक बसेका थिए।
सोमवारको दिन साक्षांत शिवले दर्शन दिईको भन्दै स्थानीयले पुजा गरेका छन्। सर्पको दर्शन गर्न गाउँभरिको दर्शनार्थी आएको स्थानीयले बताए।
यता सर्पको उद्धार गर्ने प्रयास भइरहेको छ । गर्मीमा सर्प बाहिर निस्किएको अनुमान गरेपनि आज पहिलो सोमबार भएकाले भगवान शिवको रुपमा नागले दर्शन दिएको स्थानीय बताउँछन्।
यसैगरि सप्तरीको राजविराजमा रहेको हरिनन्देश्वर महादेव मन्दिर ,शम्भुनाथ स्थित रहेको शम्भुनाथ मन्दिरका ,महदेवा गाउँपालिका स्थित रहेको महादेव मन्दिर ,हनुमाननगर कंकालिनी नगरपालिका स्थित रहेको मल्हनियाको महादेव मन्दिर ,छिन्नमस्ता गाउपालिका ४ स्थित लालापटिको लालेश्वर नाथ मन्दिर ,बरहि बिरपुर स्थित महादेव मन्दिर लगायतका स्थानमा रहेको शिव मन्दिरहरुमा हजारौभक्तजनहरुको भिड लागेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment