पोखरीमा डुबेर बालकको मृत्यु

डिसी नेपाल
४ साउन २०७८ २१:२१
112
Shares

सप्तरी। सप्तरीको महादेवा गाउँपालिका वडा न ४ बलिया टोलमाका एक बालकको पोखरीमा डुबेर आज दिउँसो मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय मोहम्मद मुस्ताकका ८ बर्षिय छोरा मोहम्मद इजरायल रहेका छन्।

घर नजिकैको लक्ष्मी नारायण मंठ पोखरीमा आमासँगै नुहाउन गएका बालकको डुबेर मृत्यु भएको स्थानीयले जानकारी दिए। मृतक बालकको शव पोष्टमाटसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा ल्याइएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *