एनआरएनए एनसीसी कंगोको महाअधिवेशन सम्पन्न, अध्यक्षमा पुनःक्षेत्री

डिसी नेपाल
५ साउन २०७८ १२:२६

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) कंगोको दोस्रो महाधिवेसन सम्पन्न भएर २०२१–२०२३ कार्यकालका लागि नेतृत्वसमेत चयन भएको छ । आइतबार नेपाली होटल शिवसागर सम्पन्न भएको संघको दोस्रो राष्ट्रिय अधिवेशनले आगामी कार्यकालको लागि सिंगो कार्यसमिति नै सर्वसहमतिमा चयन गरेको हो ।

नयाँ समितिमा नेतृत्वको जिम्मेवारी पुनःढक बहादुर क्षेत्री (अमृत क्षेत्री)लाई दिइएको छ । दुई वर्षे कार्यकाल सफलतापूर्वक निर्वाह गरेका क्षेत्रीलाई पुनःनिर्विरोध अध्यक्षको जिम्मेवारी दिइएको हो ।

त्यस्तै नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा पुनदेव पासवान (राजु), वरिष्ठ उपाध्यक्षमा हेमराज पाण्डे (गणेश), उपाध्यक्ष्मा जीवन भण्डारी, महासचिवमा दिवाकर अधिकारी, सचिवमा खड्ग बहादुर भुजेल, कोषाध्यक्षमा रामबहादुर खत्री र सहकोषाध्यक्षमा सञ्जय हमाल निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी अधिवेशनले ओमनारायण अधिकारीलाई संयोजक, विक्रम कुमार पाण्डेलाई युवा संयोजक र खुस्बु मेहेतालाई महिला संयोजकको जिम्मेवारी दिएको छ । निर्वाचित कार्यसमिति सदस्यहरुमा मिलन गुरुङ, शुक्रराज कामी, मन बहादुर रावत मोहन विष्ट, शुरेश खड्का, भानदेव भट्ट, दिनेश कुमार गैरे, दिपक सुनार र खडक बहादुर सुनुवार रहेका छन् ।

यस्तै विष्णु प्रसाद भण्डारीले आइसीसी सदस्य र आशिष परियारले प्रवक्ताको जिम्मेवारी पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *