अमेरिकाको केन्टकीबाट हरेक हप्ता नेपाली लोक दोहोरी प्रसारण हुने

डिसी नेपाल
५ साउन २०७८ २२:४९

न्यूयोर्क । अमेरिकाको केन्टकी राज्यको लेक्सिन्टन शहरबाट नेपाली लोक दोहोरी कार्यक्रम प्रसारण हुने भएको छ । सम्राट क्रिएशनको च्यानलबाट यही जुलाई ३० तारिकदेखि सो कार्यक्रम प्रसारण हुने जनाइएको छ । लेक्सिन्टन दोहोरी नाम दिइएको सो कार्यक्रमले नेपाली लोक संगीत र लोक रचनालाई प्रवासमा पनि जिवन्त राख्न मद्दत मिल्ने विश्वासले हरेक हप्ता यो कार्यक्रम प्रसारण गर्न लागेको कार्यक्रम सञ्चालक सुमन दाहालले डिसी नेपाललाई बताए । दाहाल चलचित्र निर्देशक पनि हुन् ।
पहिलो प्रसारणका लागि दोहोरी गीत रेकर्ड गरिसकिएको आयोजकहरुले बताएका छन् । गायकतर्फको नेतृत्व विष्णु डुम्रेले गरेका छन् । उनको गायन टोलीमा कलाकारहरु हिम कुंवर, सन्दीप अर्याल, सीताराम अधिकारी, कुष्माखर भट्टराई, श्याम पराजुली, कृष्ण पराजुली छन् । यसैगरी गायिकातर्फ सम्झना अधिकारी, सिर्जना मरासिनी, नर्वदा खरेल छन् । गायिकातर्फ गायन सहयोगी रूपा अर्याल, मञ्जु थापा, कल्पना अधिकारी, बबिता अधिकारी पराजुली, तुलसा सुवेदी, सरस्वती पाण्डे, शर्मिला सुवेदी, आरती थापा छन् । कार्यक्रमको छायांकन पवन गौतम, राजु तिमल्सिना र अक्की शर्माले गरेका छन् ।
कार्यक्रमममा वाद्यवादनतर्फ मादलमा गणेश खड्का, हार्माेनियममा सनातन रेग्मी, गिटारमा कृष्ण राना, तबेलामा उद्धवराज उप्रेती छन् । कार्यक्रमको पहिलो छयांकनमा अतिथिको रुपमा एनआरएनएका अमेरिका केन्टकी च्याप्ट अध्यक्ष केशवराज लोहनी, स्थानीय नेपाली संस्था फोनाका पूर्व अध्यक्ष रामप्रसाद खनाल र कवी लेखक डमरू पौडेल सहभागी भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *