आफ्नी साली शमिता शेट्टीलाई हिरोइन कास्ट गर्ने तयारीमा थिए राज कुन्द्रा

डिसी नेपाल
८ साउन २०७८ १३:३९

काठमाडौं। अभिनेत्री गहना वशिष्ठले राज कुन्द्राले एउटा एप लञ्च गर्ने तयारी गरिरहेको एक फिल्मको लागि आफ्नी साली शमिता शेट्टीलाई कास्ट गर्ने तयारी गरिरहेको बताएकी छिन् । गहना वशिष्ठ उनै अभिनेत्री हुन् जसलाई पोर्न फिल्म बनाएकै अभियोगमा गएको फेब्रुअरीमा पक्राउ गरिएको थियो । ५ महिना जेलमा बिताएकी गहना अहिले धरौटीमा रिहा भएकी छिन् ।

राज कुन्द्रा पोर्नोग्राफिक सामग्री बनाएको आरोपमा पक्राउ परेर अहिले हिरासतमा छन् भने गहना यही केसमा पक्राउ परेर अहिले धरौटीबा बाहिर छिन् । नवभारत टाइम्सलाई दिएको एक अन्तरवार्तामा गहनाले भनिन् ‘उनी पक्राउ पर्नुभन्दा केही दिन अघि मात्र म उनको अफिस गएकी थिएँ । त्यहाँ मैले उनले बलिफ्रेम नामको एउटा एप लञ्च गर्ने तयारी गरिरहेको थाहा पाएँ । उनले च्याट शो, रियालिटी शो, म्युजिक भिडियो र फिचर फिल्म त्यो एपमार्फत सार्वजनिक गर्ने तयारी गरेका थिए । यी फिल्ममा बोल्ड सिन राख्ने कुनै योजना थिएन ।’

राज कुन्द्रालाई सोमबार पुलिसले हिरासतमा लिएको थियो । हिन्दूस्तान टाइम्समा प्रकाशित रिपोर्टअनुसार गहनाले भनेकी छिन् ‘हामीले स्क्रिप्टबारे पनि छलफल गर्यौं । त्यसपछि हामीले एउटा स्क्रिप्टमा शमिता शेट्टीलाई कास्ट गर्ने बारेमा सोच्यौं । साइ तम्हांकर र अन्य २ कलाकारलाई अर्को स्क्रिप्टमा कास्ट गर्ने कुरा थियो । यी फिल्म मैले निर्देशन गर्ने भन्ने कुरा थियो र उनी पक्राउ पर्नुभन्दा केही दिनअघि यसबारे सोचिरहेकी थिएँ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *