आफ्नी साली शमिता शेट्टीलाई हिरोइन कास्ट गर्ने तयारीमा थिए राज कुन्द्रा
काठमाडौं। अभिनेत्री गहना वशिष्ठले राज कुन्द्राले एउटा एप लञ्च गर्ने तयारी गरिरहेको एक फिल्मको लागि आफ्नी साली शमिता शेट्टीलाई कास्ट गर्ने तयारी गरिरहेको बताएकी छिन् । गहना वशिष्ठ उनै अभिनेत्री हुन् जसलाई पोर्न फिल्म बनाएकै अभियोगमा गएको फेब्रुअरीमा पक्राउ गरिएको थियो । ५ महिना जेलमा बिताएकी गहना अहिले धरौटीमा रिहा भएकी छिन् ।
राज कुन्द्रा पोर्नोग्राफिक सामग्री बनाएको आरोपमा पक्राउ परेर अहिले हिरासतमा छन् भने गहना यही केसमा पक्राउ परेर अहिले धरौटीबा बाहिर छिन् । नवभारत टाइम्सलाई दिएको एक अन्तरवार्तामा गहनाले भनिन् ‘उनी पक्राउ पर्नुभन्दा केही दिन अघि मात्र म उनको अफिस गएकी थिएँ । त्यहाँ मैले उनले बलिफ्रेम नामको एउटा एप लञ्च गर्ने तयारी गरिरहेको थाहा पाएँ । उनले च्याट शो, रियालिटी शो, म्युजिक भिडियो र फिचर फिल्म त्यो एपमार्फत सार्वजनिक गर्ने तयारी गरेका थिए । यी फिल्ममा बोल्ड सिन राख्ने कुनै योजना थिएन ।’
राज कुन्द्रालाई सोमबार पुलिसले हिरासतमा लिएको थियो । हिन्दूस्तान टाइम्समा प्रकाशित रिपोर्टअनुसार गहनाले भनेकी छिन् ‘हामीले स्क्रिप्टबारे पनि छलफल गर्यौं । त्यसपछि हामीले एउटा स्क्रिप्टमा शमिता शेट्टीलाई कास्ट गर्ने बारेमा सोच्यौं । साइ तम्हांकर र अन्य २ कलाकारलाई अर्को स्क्रिप्टमा कास्ट गर्ने कुरा थियो । यी फिल्म मैले निर्देशन गर्ने भन्ने कुरा थियो र उनी पक्राउ पर्नुभन्दा केही दिनअघि यसबारे सोचिरहेकी थिएँ ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment