खुल्यो लामो दूरीका सार्वजनिक यातायात, टिकट काटेर मात्रै यात्रा गर्न आदेश

डिसी नेपाल
८ साउन २०७८ १६:२१
608
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलिदेखि मध्यम तथा लामो दूरीको सार्वजनिक यातायात संचालन गर्न दिने भएको छ ।

प्रशासनले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन काठमाडौंले लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै शनिबारदेखि लागू हुने गरी शुक्रबार उक्त निर्णय गरेको हो ।

लामो दूरीमा यात्रा गर्नेलाई अनिवार्य टिकट काउन्टरबाट टिकट खरिद गरेर यात्रा गर्न समेत प्रशासनले भनेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.