आज ‘जेनजी’ सहिद दिवस: देशभर सार्वजनिक बिदा
काठमाडौं। आज देशभर ‘जेनजी’ सहिद दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। गत वर्ष भदौ २३ गते भएको ऐतिहासिक ‘जेनजी’ आन्दोलनको स्मरण गर्दै यो दिवस मनाउन लागिएको हो।
उक्त आन्दोलनले मुलुकको राजनीतिमा ठूलो उथलपुथल ल्याएको थियो। युवाहरूको तीव्र विरोध र प्रदर्शनका कारण तत्कालीन सरकार विघटन हुन पुगेको थियो भने त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।
आन्दोलनका क्रममा शहादत प्राप्त गरेका साहसी युवाहरूको सम्झना, सम्मान र उनीहरूले पुर्याएको योगदानको कदर गर्दै सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’का रूपमा मनाउँदै सार्वजनिक बिदा दिने निर्णय यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment