चीनबाट थप आठ लाख डोज खोप काठमाडौं ल्याइयो, भोलि पुनः जहाज बेइजिङ जाने
काठमाडौं । चीनबाट नेपालले खरिद गरेको ४० लाख भेरोसेल खोपको थप खोप आज काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज शुक्रबार दिउँसो काठमाडौं अवतरण भएसँगै नेपालले खरिद गरेको २५ लाख डोज खोप काठमाडौं आइपुगेको हो ।
निगमको वाइडवडी ३३० जहाजले एक पटकमा आठ लाख डोज ‘भेरोसेल’ खोप कार्गो गर्ने छ । बिहीबार काठमाडौं आएपछि जहाज पुनः बेइजिङ पुगेर खोप ल्याएको हो । बुधबार राती ११ बजे बेइजिङतर्फ उडेको जहाजले आठ लाख डोज खोपको कार्गो ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको निगमले जनाएको छ
निगमका अनुसार चौथो पटक खोप ल्याउन निगमको वाइडबडी ३३० जहाज शनिबार पुनः बेइजिङ उड्ने छ । सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० वर्षमाथिका नागरिक र आवश्यकताका आधारमा वितरण गर्ने जनाएको छ ।
यस अघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो । हालसम्म करिब २५ लाख डोज खोप ल्याइसकेको निगमले जनाएको छ । सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत जम्मा ४० लाख डोज खोप ल्याउने तय भएको थियो ।







डिसी नेपाल








Facebook Comment