लागुऔषध कोकिनसहित गोरखाका सुरज गुरूङ पक्राउ
सांकेतिक तस्बिर
काठमाडौं। लागुऔषध कोकिनसहित गोरखाका सुरज गुरूङलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंको विशेष टोलीले उनलाई चितवनबाट एक किलो कोकिनसहित पक्राउ गरेको हो। ‘गुरुङलाई चितवनबाट हाम्रो टोलीले पक्राउ गरेको छ थप अनुसन्धान हुँदैछ’, व्यूरोका एसपी ऋषिराम कँडेलले भने।
केही दिनअघि ५ सय ग्राम कोकिनसहित काठमाडौं महानगरपालिका– १६ पकनाजोलको एक होटलबाट नागार्जुनका मुकुन्द खड्का, मन गुरूङ, रेशमबहादुर राना, एकराज गुरूङ र नन्दलाल मान्तलाई ब्यूरोको विशेष टोलीले पक्राउ गरेपछि गुरुङलाई चितवनबाट पक्राउ गरिएको हो।
कोकिनको वसार–पसार गर्ने गिरोहको नाइके गुरूङ नै भएको व्यूरोको दावी छ । पक्राउ परेका व्यक्तिहरूबाट बरामद भएको कोकिनपनि गुरूङकै भएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार २ पटकमा बरामद गरिएको कोकिनको अन्तराष्ट्रिय बजार मुल्य ३ करोड भन्दा माथि रहेको छ।







डिसी नेपाल








Facebook Comment