ब्रिटनी स्पियर्सले टपलेस फोटो शेयर गरेर हंगामा मच्चाइन्

डिसी नेपाल
१० साउन २०७८ १७:२७

काठमाडौं। अमेरिकी गायिका ब्रिटनी स्पियर्सले सामाजिक संजालमा केही अत्यन्तै बोल्ड टपलेस फोटो शेयर गरेर हंगामा मच्चाएकी छिन् । फोटोमा ब्रिटनीले तल डेजी ड्युक शर्ट लगाएकी छिन् र माथि केही पनि लगाएकी छैनन् । यी फोटोमा ब्रिटनीको निकै हट तथा बोल्ड रुप देख्न सकिन्छ । यी तस्वीरले अहिले सामाजिक संजाल तातेको छ । यससँगै यसले ब्रिटनीको चर्चा पनि चुलिएको छ ।

केही दिनअघि ब्रिटनी आफ्ना पिता जेमी स्पियर्ससँग आफ्नो अभिभावकत्व विवादका कारण चर्चामा थिइन् । ब्रिटनी र उनका पिता जेमीबीच उनको अभिभावकत्वको विषयमा लामो समयदेखि विवाद चलिरहेको छ । ब्रिटनीले आफू आफ्ना पिताको निगरानी र संरक्षकत्वमा नरही स्वतन्त्र रहने भन्दै मुद्दा पनि हालेकी थिइन् तर उनले हारिन् । ३९ वर्षकी ब्रिटनीका निजी जीवनका अधिकांश निर्णय उनका पिताले गर्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *