१ वर्षमै मिया खलिफाको सम्बन्धविच्छेद

डिसी नेपाल
११ साउन २०७८ १२:४३

काठमाडौं। पूर्व पोर्नस्टार मिया खलिफाको वैवाहिक जीवन १ वर्षमै बिग्रिएको छ । उनले सामाजिक संजालमार्फत पति रोकर्ट स्यान्डबर्गसँग सम्बन्धविच्छेदको घोषणा गरेकी छिन् । २०१९ मा इंगेजमेन्ट गरेर गत वर्ष लकडाउनमा बिहे गरेकी मियाले आफूले यो सम्बन्धलाई सफल बनाउन सक्दो प्रयास गरेको भए पनि सफल नभएको बताएकी छिन् ।

 

View this post on Instagram

 

A post shared by Mia K. (@miakhalifa)

मियाले लेखेकी छिन् ‘हामी आत्मविश्वासका साथ भन्न सक्छौं कि हामीले हाम्रो विवाहलाई सफल बनाउन सक्दो प्रयास गर्यौं । तर, एक वर्षको थेरापी र प्रयासपछि हामीले आफ्नो बाटो अलग बनाउँदैछौं । हामीले एक अर्कालाई माया र इज्जत गर्नेछौं किनकि हामीलाई थाहा छ एउटा घटनाले हामीलाई अलग गर्न सक्दैन । हामी यो च्याप्टरलाई कुनै पछुतोबिना बन्द गर्दैछौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *