कोरोनाभाइरसको खोप अब सुई होइन खाने चक्कीको रुपमा पाइने

डिसी नेपाल
११ साउन २०७८ १३:४६

काठमाडौं। कोरोनाभाइरसबाट बच्नको लागि अहिले विश्वभर खोप अभियान चलिरहेको छ । यो खोप अहिले सुईको माध्यमबाट दिइँदैछ । तर, अब यो खोप खाने चक्की वा इन्हेलरको रुपमा ल्याउने तयारी सुरु भएको छ । बीबीसीको एक रिपोर्टका अनुसार स्वेडेनको सबैभन्दा ठूलो साइन्स पार्कले इन्जेमो एन्डरसनको नेतृत्वमा खोपलाई इन्हेलर र चक्कीको रुपमा ल्याउने परियोजनामा काम सुरु गरेको छ ।

अनुसन्धानकर्ताहरुले प्लास्टिकको पातलो इन्हेलर बनाउँदैछन् जसको आकार सलाइको बट्टाको पनि आधा छ । एन्डरसन र उनको टिमले यो सानो इन्हेलरले कोरोनाभाइरसविरुद्धको युद्धमा बलियो हतियारको रुपमा काम गर्ने अपेक्षा गरेका छन् । यो इन्हेलरको माध्यमबाट मानिसहरुले खोपलाई पाउडरको रुपमा घर ल्याउन सक्नेछन् ।

कम्पनीका सिइओ जोहन वोबोर्गका अनुसार यो निकै सस्तो र सजिलै उत्पादन गर्न सकिने प्रविधि हो । यसको प्रयोग आम रुपमा दमका बिरामीले गर्छन् । उनले भने ‘तपाइँ केवल यसमा लगाइएको प्लास्टिकको सानो स्लिप हटाउनुस् त्यसपछि यो इन्हेलन एक्टिभेट हुनेछ । त्यसपछि यसलाई मुखमा लगाएर सास फेर्नुस् । यो इन्हेलर खोपले नाकदेखि फोक्सोसम्म आफ्नो असर देखाउनेछ ।’

इकोनोभो नामको कम्पनीले स्टकहोममा एक इम्युनोलोजी स्टार्टअप आइएसआरसँग एक सम्झौता गरेको छ जसले कोभिड १९ विरुद्ध सुख्खा धुलो खोप विकसित गरेको छ । यो खोपलाई ४० डिग्रीको तापमानमा पनि राख्न सकिन्छ । विश्व स्वास्थ्य संगठनद्वारा स्वीकृत कुनै पनि तरल खोपलाई भने भण्डार गरेर राख्न धेरै मेहनत गर्नुपर्छ । यिनीहरुलाई फ्रिजमा राख्नुभन्दा पहिले काँचको कुनै बलियो जारमा माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्छ । यस्तो नभए यी खोपको प्रभावकारिता घट्छ ।

आइएसआरका संस्थापक तथा कोरोलिंका इन्स्टिच्युटका प्रोफेसर ओला विंस्किटका अनुसार ‘कोल्ड चेन’ बिना खोपको सहज वितरण गेम चेन्जर हुन सुक्छ । यो खोप स्वास्थ्यकर्मीको सहयोग बिना पनि लिन सकिन्छ । यो खोप कुनै ट्याब्लेटनजस्तै हुन सक्छ । कम्पनीले आफ्नो खोपलाई अहिले अल्फा भेरिएन्ट र बिटा भेरिएन्टमा परीक्षण गरिरहेको छ । विशेषज्ञका अनुसार यो अभियानले अफ्रिकी देशमा खोप अभियानलाई सहज बनाउनेछ किनकि अहिलेसम्म अफ्रिकामा कुनै कम्पनीले खोप बनाइरहेको छैन ।

इकोनोभोबाट केवल १० मिनेटको दूरीमा अर्को नयाँ आविष्कारको तयारी भइरहेको छ । केरोलिंस्कामा ग्लोबल ट्रान्सफर्मेसन फर हेन्थका प्रोफेसर स्वार्टिलिंग पिटरसनले प्रोमिसिङ टेक्नोलोजीको साथमा यस विषयमा नयाँ सम्झौता गरेका छन् । स्वेडेनको फार्मास्युटिकल कम्पनी जीकम एक यस्तो भविष्यको तरल खोप तयार गरिरहेको छ जसको प्रभावकारिताको कुनै सीमा छैन ।

यो प्रविधिबाट विकसित देशमा फिल एण्ड फिनिस सुविधा स्थापित गर्न सहज हुने बताइउको छ । यो प्रविधिमा विकसित देशले आफ्नै ठाउँमा खोपको अन्तिम चरण पूरा गर्नेछन् । जीकमका सीइओ गोरन कोनराड्सनका अनुसार यो पाउडर खोपलाई पहिले पानीमा मिलाइनेछ र सुइबाट दिइनेछ । यो खोप नाकमा गर्ने स्प्रे वा खाने चक्कीको रुपमा पनि दिन सकिनेछ । यो प्रविधिमा पनि काम भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *