मुम्बई इण्डियन्समाथि दिल्लीको रोमाञ्चक जित

डिसी नेपाल
१५ वैशाख २०८१ २०:३२
84
Shares

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा दिल्लीले मुम्बईलाई १० रनले पराजित गरेको हो।

दिल्लीले दिएको २५८ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनाएको हो।

मुम्बईका लागि तिलक बर्माले सर्बाधिक ६३ रन बनाए भने कप्तान हार्दिक पाण्डेयले ४६ रन बनाए। त्यस्तै सूर्यकुमार यादवले २६ र इशान किसनले २० रन बनाए।

यस अघि पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउदै २५७ रन बनाएको थियो।

दिल्लीका लागि जेक फ्राजर म्याकग्रुकले सर्बाधिक २७ बलमा ८४ रन बनाए। त्यस्तै ट्रिसन स्टब्सले २५ बलमा ४८, अविशेक पोरेलले ३६, शाइ होपले ४१ र कप्तान ऋषव पन्तले २९ रन बनाएका थिए।

यो जितपछि दिल्ली क्यापिटल्सको १० खेलमा ५ जित र ५ हारसहित १० अंक भएको छ र अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ। त्यसैगरी मुम्बईको भने यो छैटौं हार हो।  ९ खेलमा ३ जित र ६ हारसहित ६ अंक बटुलेर मुम्बई नवौं स्थानमा झरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *