फेरि बढ्यो कोरोना संक्रमण, ३८ सय बढी संक्रमित

डिसी नेपाल
१३ साउन २०७८ १६:४५

काठमाडौं । बुधबार नेपालमा ३ हजार ८४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १० हजार ८८६ पीसीआर र ४ हजार ९२२ एन्टीजेन परीक्षणमा क्रमशः २ हजार ६३४ र १२०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ । जसमध्ये ६ लाख ४९ हजार ७२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ३३ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ७७१ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *