किन यसरी लजाए मलाइकासँग खाना खान रेस्टुरेन्ट पुगेका अर्जुन कपुर ?
एजेन्सी। मलाइका अरोडा र अर्जुन कपुर एक पटक फेरि लभ अफेयरलाई लिएर चर्चामा छन्। शुक्रबार अबेर राति अर्जुन–मलाइका जुहूको एक रेस्टुरेन्टमा डिनरकालागि सँगै पुगेका थिए। अझ रमाइलो त उक्त डिनरमा अर्जुनका काका संजय कपुर र काकी महीप कपुर पनि सँगै थिए।

उनीहरुले डिनर गरेर बाहिर निस्किएपछि फोटोग्राफरले उनीहरुलाइ घेरे। फोटोग्राफरलाई देख्ने वित्तिकै मलाइका र अर्जुन छुट्टा छुट्टै हिँड्न थाले। त्यति मात्रै होइन अर्जुन कपुरले त आफ्नो अनुहारसमेत लुकाए। अर्जुन कपुर रेस्टुरेन्ट बाहिर निस्किने वित्तिकै मास्क लगाए र चुपचाप एक साइडबाट बाहिर निस्किए।

तर मलाइका भने सबैसँग कुरा गरेर परिस्थितिलाई सम्हालिन्। यो गेट टू गेदर डिनरबाट के कुरा स्पष्ट भयो भने १३ वर्ष जेठी मलाइका र अर्जुन कपुरबीचको प्रेमको विषय कपुर परिवारलाई पूरै जानकारी छ। मलाइका पनि कपुर परिवारसँग लगातार सम्पर्क बढाइरहेकी छन्।

केही दिन पहिला पनि अर्जुर र मलाइकालाई करिना कपुर, अमृता अरोडा र महीपसँग पार्टीमा देखिएको थियो। अर्जुनसँग रिलशनशीपको कुरा मलाइकाले आजसम्म स्वीकार गरेकी छैनन्।

उनले एक अन्तर्वातामा क्रममा आफ्नो निजी जीवनका विषयमा कुरा गर्न मन नलाग्ने बताएकी थिइन्। उनले आफू जीवनको मजा लिइरहेको बताएकी थिइन्। २३ अक्टुबरमा मलाइकाको ४५ औं जन्मदिन थियो। यो मौकामा अर्जुन र मलाइका दुवै जना इटली गएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment