सकिबले विश्वकीर्तिमान बनाएको टेस्टमा बंगलादेश विजयी

डिसी नेपाल
८ मंसिर २०७५ १५:१६

एजेन्सी । बंगलदेश टेस्ट क्रिकेट टोलीका कप्तान सकिब अल हसनले नयाँ विश्व रेकर्ड बनाएका छन्। वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा ५ विकेट लिंदै उनले नयाँ रकेर्ड कायम गरेका हुन् । सकिबको नयाँ कीर्तिमानसँगै बंगलादेश पहिलो टेस्टमा ६४ रनले विजयी भएको छ।

सकिबले पहिलो इनिङ्समा ३ तथा दोस्रो २ विकेट लिदै नयाँ रेकर्ड आफ्नो नाममा राखे। उनी मात्र ५४ टेस्ट क्रिकेटमा २०० विकेट र ३००० हजार रन सर्वाधिक छिटो पुरा गर्ने खेलाडी बने । यस अघि इङ्ल्यान्डका इयान बोथमले ५५ र भारततीय पुर्व क्रिकेटर कपिल देवले ७३ टेस्ट खेलमा यो रेकर्ड पुरा गरेका थिए।

बंगलादेशको घरेलु मैदान चिटगोङमा शनिबार सम्पन्न खेलमा २ सय ४ रनको लक्ष्य पछ्याएको पाहुना टोली वेस्ट इण्डिजले १ सय २५ रन मात्र बनाउन सक्यो । उसका लागि सुनिल एम्ब्रिसले सर्वाधिक ४३ रन बनाए । बंगलादेशको जितमा इस्लाम तैजुलले ३३ रन खर्चिएर ६ विकेट लिए । बंगलादेशले पहिलो इनिङ्समा ३ सय २४ रन बनाउँदा वेस्ट इन्डिजले २ सय ४६ रन बनाउदै ७८ रनलेपछि परेको थियो।

दोस्रो इनिङ्समा बंगलादेशलाई १ सय २५ रनमै अल आउट गरेको इन्डिजले सम्रगमा जितको लागि २ सय ४ रनको लक्ष्य पाएको थियो । तर तेस्रो दिनमै शनिबार १ सय ३९ रनमा समेटिएपछि ६४ रनले पराजित भएको हो । दोस्रो टेस्ट नोभेम्बर ३० देखी सुरु हुने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *