एनपीएलको टिकट मूल्य सार्वजनिक: साधारणलाई ५०० र प्रिमियमलाई १,००० रुपैयाँ

डिसी नेपाल
६ कार्तिक २०८३ ८:०७

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूको टिकट मूल्य औपचारिक रूपमा सार्वजनिक गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने यस प्रतियोगिताका खेलहरूका लागि दर्शकको सुविधालाई ध्यानमा राख्दै विभिन्न श्रेणीमा टिकटको दर तोकिएको हो।

क्यानले जारी गरेको प्रेस विज्ञप्ति अनुसार लिग चरणका खेलहरूका लागि साधारणतर्फको टिकट मूल्य ५०० रुपैयाँ र प्रिमियमतर्फको टिकट मूल्य १,००० रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी, प्रतिस्पर्धात्मक मानिने नकआउट चरणका खेलहरू (एलिमिनेटर, क्वालिफायर) तथा फाइनल म्याचका लागि भने साधारणतर्फ १,००० रुपैयाँ र प्रिमियमतर्फ २,००० रुपैयाँ मूल्य तोकिएको छ। प्रतियोगिताका आधिकारिक टिकटहरू डिजिटल भुक्तानी सेवा प्रदायक ‘इसेवा’ मार्फत अनलाइन खरिद गर्न सकिने व्यवस्था मिलाइएको क्यानले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *