ह्यारी ब्रुकले बनाए एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा तीव्र दोहोरो शतकको विश्वकीर्तिमान

डिसी नेपाल
६ कार्तिक २०८३ ८:०७

काठमाडौं । इङ्गल्याण्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा तीव्र दोहोरो शतक प्रहार गर्दै विश्वकीर्तिमान कायम गरेका छन्।

पाकिस्तानमा जारी त्रिकोणीय एकदिवसीय प्रतियोगिताअन्तर्गत श्रीलङ्काविरुद्ध रावलपिन्डीमा भइरहेको खेलमा ब्रुकले यो नयाँ कीर्तिमान बनाएका हुन्।

ब्रुकले केवल ११४ बलमा आफ्नो दोहोरो शतक पूरा गरे। उनी ११६ बलमा २०२ रन बनाएर आउट भए। उहाँको यस उत्कृष्ट पारिमा १० छक्का र २१ चौका समावेश थिए।

ब्रुकभन्दा अघि यो कीर्तिमान भारतीय कप्तान शुभमन गिलको नाममा रहेको थियो। गिलले यसै वर्षको सेप्टेम्बर ३० मा वेस्टइण्डिजविरुद्ध ११७ बलमा दोहोरो शतक पूरा गरेका थिए।

ब्रुकको विष्फोटक पारिको मद्दतले इङ्गल्याण्डले ५० ओभरमा चार विकेट गुमाएर ४२९ रनको विशाल योगफल खडा गरेको छ।

ब्रुकका अलावा विल ज्याक्सले मात्र ३० बलमा ८ चौका र ३ छक्काको मद्दतले ६६ रनको आक्रामक योगदान दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *