सुजिता ठाकुरको हत्या आरोपमा बाबुसहित तीनजना पक्राउ

डिसी नेपाल
१८ साउन २०७८ १६:१७

काठमाडौं। मोहत्तरीमा भएको सुजिता ठाकुर हत्या प्रकरणमा उनका बाबुसहित तीनजना पक्राउ परेका छन्।

महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या आरोपमा उनका बुबा पिपरा गाउँपालिका ६ का ५० वर्षीय कामेश्वर पाण्डे, भंगहा नगरपालिका १ कबिलाशाकी ३५ वर्षीया अञ्जु ठाकुर र जनकपुरधाम उपमहानगर २४ का ५५ वर्षीय प्रमोद मण्डल (विनोद)लाई प्रहरी पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। प्रहरीले अनुसन्धानमा हत्यामा उनीहरुको संलग्नता रहेको पुष्टि भएको जनाएको छ।

पक्राउ परेकी अञ्जु सुजिताकी नन्द हुन्। सुजिताका बाबु कामेश्वरले आफ्नी छोरीको हत्या गर्न सुजिताका देवर रुपेश ठाकुरलाई पटक पटक भनेको अडियो फेला परेको प्रहरीले जनाएको छ। सुजिताको हत्या रुपेशले गरेको र अरु आरोपीहरुले सहयोग गरेको प्रहरीले दावी गरेको छ।

जगत जेठ २० गते नै सुजिताको हत्या भएको र सोही दिन रुपेशलाई घटनाबारे जानकारी दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। तर सुजिताको शव प्रहरीले असार २७ गते सडेको अवस्थामा शौचालयको सेफ्टी ट्यांकीमा फेला पारेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *