बजेट अन्याेलकाबीच माैद्रिक नीति आउँदै, अबको एक सातामा सार्वजनिक हुने

डिसी नेपाल
१९ साउन २०७८ १२:२८
108
Shares

काठमाडौं। नयाँ सरकार बनेपछि केही पर धकेलिएको मौद्रिक नीति अबको एक साता भित्र सार्वजनिक हुने भएको छ। साउनको पहिलो साता ल्याउन तयारी गरिएको मौद्रिक नीति सरकार परिर्वतन भएपछि अन्तिम समयमा आएर रोकिएको थियो।

राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालका अनुसार बैंक मौद्रिक नीतिको अन्तिम तयारीमा छ। उनका अनुसार अबको एक साता भित्र नै मौद्रिक नीति ल्याउने गरी तयारी अगाडि बढाईएको छ।

सामान्य तया बजेटका प्रथामिकताका आधारमा आउने मौद्रिक नीति यो वर्ष भने बजेट अन्योल कायम रहँदै आउन लागेको हो। केही समय कुरे पनि बजेटको नयाँ प्रक्रियामा ढिलाई भएकोले मौद्रिक नीति ल्याउन लागिएको हो। प्रवक्त ढकालका अनुसार बजेटका प्रथामिकतालाई आकलन गरी मौद्रिक नीति ल्याउन लागिएको हो।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट अध्यादेश संसदमा टेबुल भए पनि निर्कोयोल भएको छैन। अबको सरकारले बजेट पुर्नलेखन गर्ने अथवा परिमार्जन गरेर अगाडि बढ्ने विषयमा छलफल जारी छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.