बलिउडमा कामको लोभ देखाएर युवतीलाई पोर्न भिडियो खेलाएको आरोपमा हिरोइन पक्राउ

डिसी नेपाल
१९ साउन २०७८ १५:५१

काठमाडौं। केही हप्ताअघि मुम्बइ पुलिसले पोर्न भिडियो बनाएको आरोपमा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई पक्राउ गरेको थियो । त्यसपछि पोर्न फिल्मको यो केसमा कैयौं अभिनेत्रीहरु पनि मुछिएका छन् । यही बीचमा पश्चिम बंगाल पुलिसले एक अभिनेत्रीलाई पोर्न फिल्म बनाएको आरोपमा पक्राउ गरेको छ । कोलकाता पुलिसले मोडल तथा अभिनेत्री नन्दिता दासलाई पक्राउ गरेको टाइम्स अफ इण्डियाले जनाएको छ । नन्दिता वयस्क वेब सिरिजमा काम गर्छिन् ।

नन्दिताको साथमा उनका सहकर्मी मैनाक घोषलाई पनि पक्राउ गरिएको छ । यी दुईले नयाँ युवतीहरुलाई वेब सिरिजमा काम दिने र बलिउडमा समेत ब्रेक दिने लोभ देखाएर तथा धम्क्याएर समेत जबरजस्ती पोर्न भिडियो बनाउने गरेको आरोप छ । नन्दिताले स्वयं पनि अश्लील फिल्ममा काम गरिसकेकी छिन् जसमा उनको नाम न्यान्सी भाभी थियो ।

नन्दिता र मैनाकविरुद्ध २६ जुलाइमा २ युवा मोडलले उजुरी दर्ता गराएका थिए । त्यसपछि पुलिसले यी दुईलाई घरबाटै पक्राउ गरेको हो । उजुरी दिने एक मोडलले बेलीगंजस्थित एक स्टुडियोमा जबरजस्ती आफ्नो नग्न भिडियो खिचिएको बताएकी छिन् । उनले सहरको न्यू टाउन होटलमा आफ्नी एक साथीलाई पनि जबरजस्ती वयस्क भिडियोमा काम गराइएको बताएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *