थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

डिसी नेपाल
१९ साउन २०७८ १७:५६

काठमाडौं । गत २४ घण्टामा नेपालमा १६ हजार ७१८ जनाको परीक्षण गर्दा ३ हजार ३८३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ९९४ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ६३८ पीसीआर परीक्षण गर्दा २ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ६ हजार ८० परीक्षण गर्दा ९३५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा २४ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९२२ पुगेको छ । हाल सक्रिय संक्रमित ३२ हजार ५९ जना रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *