देशरभर बुधबारकाे माैसम कस्ताे छ ?
काठमाडौं । देशका विभिन्न स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दैनिक बुलेटिनमार्फत महाशाखाले सतर्क रहन समेत आग्रह गरेको छ।
महाशाखाद्वारा जारी बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरु तथा गण्डकी, लुम्विनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुँदा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।’
महाशाखाले देशका अधिकांस भू-भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमाती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि जिल्लाहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको जनाएको छ।
बुधबार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुतथा गण्डकी, लुम्विनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमा महाशाखाले जनाएको छ।
यस्तै आज राती पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ।
आज प्रदेश १ मा २४ देखि ३२ डिग्री सेल्सियससम्म तापक्रम रहने छ। यस्तै प्रदेश २ मा ३२ देखि ३४, बाग्मतीमा २७ देखि २९, गण्डकीमा ३१ देखि ३३, लुम्बिनीमा २७ देखि ३४, कर्णालीमा २४ देखि ३६ र सुदूरपश्चिम प्रदेशमा ३३ देखि ३६ डिग्री सेल्सियस तापक्रम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment