सानिमा लाईफको आईपीयो बिक्री खुला, कसरी र कति दिने आवेदन ?

डिसी नेपाल
२० साउन २०७८ ९:२९
2.4k
Shares

काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई (बुधबार) आजबाट सर्व साधारणका लागि आईपीयो बिक्री खुला गरेको छ।
कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बिक्री खुला गरेको हो।

कम्पनीले सर्वसाधारणमा विक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई छुट्याईएको छ। बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन।

सार्वजनिक निष्कासनमा आउने ५४ लाख कित्ता सेयर खरिदको लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन्। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो।

यो आइपीओ साउन २४ गतेसम्म विक्रीमा रहनेछ। कम्पनीले आईपीओ विक्रीको छिटो अवधि साउन २४ र ढिलो अवधि भदौ २ गतेसम्मको मिति तय गरेको छ।

आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ। तर, पछिल्लो समयमा सर्वसाधारणका लागि खुलाईएका आईपीयोहरुमा माग भन्दा अत्याधिक आवेदन पर्ने गरेको छ। यस कम्पनीको सेयर करिब ५ लाख ४० हजारले पाउने देखिन्छ। त्यसैले १० कित्ताका लागि आवेदन दिदा पुग्ने देखिन्छ।

यो आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। विक्री प्रबन्धकसँगै सि–आस्बा सेवासमा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाटसँगै मेरोशेयर वेबसाइट तथा एप मार्फत समेत आवेदन दिन सकिनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.