कोरोना महामारीबीच नेपाल आउने पर्यटकको संख्यामा बृद्धि

फुर्पा शेर्पा
२० साउन २०७८ ११:४९
232
Shares

काठमाडौं। कोरोना महामारीका कारण पर्यटन गतिविधि ठप्प बन्दैै गएको समयमा पनि जुन महिनाको तुलनामा जुलाई महिनामा विदेशी पर्यटकको आगमन बढेको छ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार जुलाई महिनामा करिब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। गत जुन महिनामा एक हजार एक सय ४३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए।

नेपाल भित्रिएका सबै विदेशी पर्यटक नै हुन भन्न नसकिने लामिछानेको भनाइ छ। ‘नेपाल भित्रिएका सबै अराइभल मात्र हुन्’ निर्देशक लामिछानेले भने, ‘कतिपय एनआरएनहरु पनि विजनेस भिषा नेपाल भित्रिएका छन्।’

विदेशी पर्यटकहरु भारत भन्दा नेपाल सुरक्षित भएको भनेर पनि नेपाल घुम्न आउन चासो देखाइ रहेको लामिछानेले बताए। उनले भने, ‘अहिले विभिन्न देशहरुबाट इन्क्वाइरीहरु आइरहेको छ, हामीले उनीहरुलाई नेपाल आउँदा अपनाउनु पर्ने स्वास्थ्यका मापदण्ड, पर्यटन गतिविधि सुरु भएको ठाउँहरुको बारेमा जानकारी दिएने काम गर्दै आएका छौं। खोप लगाएकाहरुले अमेरिका भारतलगायत यूरोपेली देशहरुबाट नेपाल आउँन चासो गरिरहेका छन्।’

पर्यटन बोर्डले डिजिटल मार्केटिङ गरिरहेको र वेट एण्ड वाचमा रहेको लामिछानेले बताए। अध्यागमन विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सन् २०२१ को जुलाई महिनामा करिब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। साथै जुलाई महिनामा दुई हजार ९ सय ९१ विदेशी पर्यटन नेपाल भित्रिएका छन्।

जुलाई महिनामा ९९ देशबाट एक हजार ९ सय ४० पुरुष, एक हजार ५० महिला र एक जना अन्य नागरिक नेपाल भित्रिएका छन्।
सो अवधिमा तीन हजार एक सय ५७ विदेशी पर्यटक आ–आफ्नो देश फर्किएका छन्। सबैभन्दा बढी भारतबाट भित्रिए। नेपाल आएका ९९ देशका नागरिकमध्ये भारतबाट सबैभन्दा बढी एक हजार १ सय ५ जना नेपाल आएका हुन्।

भारतपछि अमेरिकाबाट ८ सय १९, बेलायतबाट १ सय ८५, टर्कीबाट १ सय ६५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। दक्षिण एसियाली मुलुकमध्ये जुलाई महिनामा बङ्गलादेशबाट चार, भुटानबाट १४, पाकिस्तानबाट पाँच र श्रीलङकाबाट तीन पर्यटक नेपाल आएका छन्। यस्तै, क्यानडाबाट ७८, चीनबाट ५०, बेल्जियमबाट ४५, फ्रान्सबाट ४१, नेदरल्याण्डबाट २६, रुसबाट १९ जना आएको लामिछानेले जानकारी दिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *