हनी सिंहको कैयौं युवतीसँग अवैध सम्बन्ध, रंगेहात समातिएपछि पत्नीलाई रक्सीको बोतलले हिर्काए

डिसी नेपाल
२० साउन २०७८ १३:२१

काठमाडौं। चर्चित र्यापर, गायक तथा कम्पोजर हनी सिंकविरुद्ध उनकी पत्नी शालिनी तलवारले घरेलु हिंसाको मुद्दा दर्ता गराएकी छिन् । बिहेको १० वर्षपछि शालिनीले दिल्लीको तीस हजारी अदालतमा मुद्दा दर्ता गराएकी हुन् । अदालतले हनी सिंहलाई २५ दिनभित्र अर्थात अगस्ट २८ सम्म जवाफ दिन आदेश जारी गरेको छ । साथै अदालतले अन्तरिम आदेश जारी गर्दै हनी सिंह र शालिनीको संयुक्त अधिकार हुने कुनै पनि सम्पत्तिको कारोबार गर्न रोक लगाएको छ ।

शालिनीले उजुरीमा कैयौं खुलासा गरेकी छिन् । शालिनीका अनुसार हनी सिंहको करिअर सफल हुन थालेपछि उनी पत्नीसँग रुखो र आक्रामक रुपमा प्रस्तुत हुन्थे । शालिनीका अनुसार आफूहरुको बिहेका फोटोहरु सामाजिक संजालमा भाइरल भएपछि हनी सिंह तनावमा परेका थिए । उनले शालिनीलाई फोटो लिक गरेको आरोप लगाउँदै निर्घात कुटपिट पनि गरेका थिए । शालिनीका अनुसार हनी सिंह आफ्नो विवाहित जीवनको अस्तित्व लुकाउन चाहन्थे त्यसैले उनले यस्तो गरेका थिए ।

शालिनीका अनुसार हनी सिंहको कैयौं महिलाहरुसँग अवैध सम्बन्ध थियो । उनले एक पटक ‘ब्राउन रंग दे’ नामक गीतको सुटिङका क्रममा हनी सिंहलाई एक युवतीका साथमा यौन सम्बन्धका क्रममा रंगेहात समातेकी थिइन् । त्यतिबेला हनी सिंहले शालिनीलाई रक्सीको बोतलले हिर्काएका थिए । शालिनीले उजुरीमा सासु भुपिंदर कौर, ससुरा सरबजीत सिंह र भाउजु स्नेहा सिंहलाई पनि आरोपी बनाएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *