विश्वमा काेराेना : निकाे हुने भन्दा संक्रमितकाे संख्या दाेब्बर
काठमाडौं । विश्वभरमा पछिल्लो २४ घण्टामा निको हुनेको भन्दा संक्रमित हुनेको संख्या दोब्बर रहेको छ। तथ्याङ्कअनुसार विश्वभरमा तीन लाख ७८ हजार छ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने, छ लाख ७९ हजार चार सय ६२ जना कोरोना संक्रमित भएका छन्।
योसँगै विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या २० करोड नौं लाख ३२ हजार २७ जना संक्रमित पुगेका छन्। संक्रमित मध्ये १८ करोड निको भएका छन्। हालसम्म १८ करोड आठ लाख ९१ हजार दुई सय ३१ जना निको भएका छन्।
यस्तै ४२ लाख ६८ हजार नौ सय ३६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा १० हजार १० जनाको कोरोनाका कारण मृत्यु भएको छ। सबै भन्दा बढी इण्डोनेसियामा एक हजार सात सय ४७ जनाको मृत्यु भएको छ।
गत २४ घण्टामा सबै भन्दा बढी अमेरिकामा १ लाख १२ हजार दुई सय २९ जना संक्रमित थपिएका छन्। केही समय कम भएको अमेरिकामा पुनः संक्रमितको संख्या थपिन थालिएको हो।
यस्तै, भारतमा पनि पछिल्लो २४ घण्टामा ४२ हजार आठ सय १७ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। पछिल्लो केही दिन यता भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। कोरोनाको तेस्रो लहरको हल्ला चलिरहेका बेला भारतमा कोरोना संक्रमितको संख्या थपिन थालिएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment