नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केही समय अघि केन्द्रीय समिति बैठक सुरु भएको हो।
बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले आफ्नो प्रतिवेदन पेश गर्दैछ। आज प्रस्तुत हुने विधान अध्ययनका लागि केन्द्रीय सदस्यहरुलाई केही दिनको समय उपलब्ध गराउने पार्टी नेतृत्वले जनाएको छ।
निर्धारित समय भित्रै विधान मस्यौदा टुंगोमा पुग्न नसकेपछि महासमिति बैठकको मिति सारेर मंसिर २८ मा पुर्याईएको छ। यसअघि मंसिर ९ गतेका लागि तोकिएको थियो। प्रस्तावित विधान मस्यौदामा केन्द्रीय सदस्यको संख्या ८५ बाट बढाएर १ सय ४१ पुर्याउने प्रस्ताव गरिएको छ।
पदाधिकारीको संख्यालाई भने यथावत राख्ने प्रस्ताव गरिएको छ। साथै साधारण र क्रियाशिल भनी दुई प्रकारका सदस्यहरुको प्रकृति पनि एउटै बनाउने प्रस्ताव गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment