‘म विवादमा फस्छु, राज कुन्द्राले मबाट गलत काम गराउँछन् भन्ने सोचेकी थिइन’

डिसी नेपाल
२३ साउन २०७८ १०:५२
9.6k
Shares

काठमाडौं। राज कुन्दा पोर्नोग्राफी केसमा महत्वपूर्ण पात्रको रुपमा देखिएकी अभिनेत्री शर्लिन चोपडासँग शुक्रबार राती मुम्बइ पुलिसको क्राइम ब्रान्चले ८ घण्टा सोधपुछ गरेर बयान रेकर्ड गरेको छ । क्राइम ब्रान्चमा बयान रेकर्ड गराएर निस्किएकी शर्लिनसँग एक भारतीय मिडियाले कुरा गरेको छ । कुराकानीमा शर्लिनले राज कुन्द्रा आफ्नो मेन्टर भएको र उनले आफूलाई यो सबै ग्ल्यामर हो भन्दै सुटिङ गराएको बताइन् । राज कुन्द्राले आफूलाई न्यूड र पोर्न आम कुरा भएको विश्वास दिलाएको उनले बताइन् ।

शर्लिनलाई शुक्रबार क्राइम ब्रान्चले प्रोपर्टी सेलको अफिसमा बयान दिन बोलाएको थियो । बयान दिइसकेपछि मिडियासँग कुरा गर्दै उनले आफू यस्तो विवादमा फस्छु भन्ने नसोचेको बताइन् । राजसँग भेट्दा आफूलाई आफ्नो जीवन बदलिने र आफूले ब्रेक पाउने आशा लागेको तर शिल्पा शेट्टीका पतिले आफूबाट गलत काम गराउलान् भन्ने नसोचेको उनले बताइन् । शर्लिनका अनुसार आर्म्सप्राइमसँग सम्झौता गरेपछि उनले पहिले ग्ल्यामर त्यसपछि बोल्ड, सेमी न्यूड हुँदै न्युड भिडियोसम्म बनाएको उनले बताइन् ।

शर्लिनका अनुसार उनलाई सधैं यो सबमा केही गलत छैन भनेर भनिन्थ्यो । सबैले यस्तै गर्छन् र मैले पनि यस्तै गरिरहेकी छु भन्ने विश्वास दिलाइएको उनले बताइन् । शर्लिनका अनुसार उनलाई शिल्पा शेट्टीलाई उनका भिडियो मन परेको र यो कुरा शिल्पाले राजलाई भनेको भनेर बताइन्थ्यो । शिल्पालाई आफ्नो भिडियो मन परेको भनेर पटक पटक भनिएपछि आफू यो काममा झनै प्रोत्साहित भएको उनले बताइन् । शिल्पाले भने राज कुन्द्राका यी प्लेटफर्ममा भएका भिडियोबारे आफूलाई कुनै जानकारी नभएको बताएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.