न्यादीको आइपीओ भदौ १ गते देखि खुल्दै

डिसी नेपाल
२४ साउन २०७८ १२:३५
348
Shares

काठमाडौं। न्यादी हाइड्रोपावर लिमिटेड कम्पनीले भदौ १ गतेदेखि आइपीओ निष्कासन बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयलाई १५ लाख कित्ता र संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई ३ लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो।

प्रतिकित्ता १०० रुपैयाँ दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था रहेको छ। लगानीकर्ताले भदौ १५ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ३० गतेसम्म खुला रहनेछ।

न्यादीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं ३, ६, ७ र ८ का स्थानीयलाई ५ लाख कित्ता र उक्त क्षेत्रबाहेक लमजुङ जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानीयलाई १० लाख कित्ता आइपीओ छुट्याएको छ।

कम्पनीको संस्थापक सेयरधनी संस्थाहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.