थप २५ सय बढीमा कोरोना पुष्टि, ५५ जनाको मृत्यु

डिसी नेपाल
२४ साउन २०७८ १६:१४

काठमाडौं । आइतबार नेपालमा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ३३ पीसीआर र ३ हजार ३४५ एन्टीजेन परीक्षणमा क्रमशः २ हजार १३७ र ४११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८३ हजार ३५५ पुगेको छ । जसमध्ये ६ लाख ६९ हजार २९९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार २९ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४८५ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ५५ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण १० हजार ९३ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *