आज पनि सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। साताको दोस्रो दिन सोमबार पनि सुनको मूल्यमा भारी गिरावट आएको छ।
सोमबार सुन तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको थियो।
यस्तै सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज २५ रुपैयाँले घट्दै आज प्रतितोला एक हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment