सेयर बजारमा सामान्य वृद्धि, ६ कम्पनीको मूल्य सर्किट लेभलमा कारोबार

डिसी नेपाल
२५ साउन २०७८ १५:३८
136
Shares

काठमाडौं। साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ। सोमबार नेप्से १.५४ अंक बढेर ३१०९.६६ विन्दुमा बन्द भएको छ।यसअघि आइतबार पनि नेप्से झिनो अंकले बढेको थियो।

सोमबार कारोबार रकममा पनि गिरावट र उत्साहा देखिएन। यस दिन २२४ कम्पनीको सेयर खरिद बिक्री हुँदा १४ अर्ब १३ करोड ७३ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ।

यस दिन ६ वटा कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ। आईसीएफसी फाइन्यान्स, कोअपरेट डेभलपमेन्ट बैंक, नेपाल हाईड्रो डेभलपर्स लिमिटेड, यूनियन हाईड्रोपावर लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड र जिवन विकास लघुवित्त वित्तिय संस्थाको सेयर सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन सारथी नेपाल लघुवित्त वित्तिय संस्थाको सेयर सबैभन्दा धरै ३.३७ अंकले घटेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.