प्रधानसेनापतिका छोराले लेखे भावुक स्टाटस
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेवाबाट अवकाशपूर्व बिदा बसेसँगै थापाका छोरा रौनक थापाले भावुक स्टाटस लेखेका छन् ।
उनले ४२ वर्ष परिवारबाट देशको जिम्मेवारीका लागि ऋणमा गएका आफ्ना पिता फेरि फर्किएको बताएका छन् र खुसी व्यक्त गरेका छन् । उनको छोटो स्टाटस निकै भावुक छ ।

प्रधानसेनापति थापाले सेवाबाट अनिवार्य अवकाशपूर्व एक महिना बिदा बस्नुअघि सोमबार बुझबुझारथ गरेका छन्। आगामी भदौ २४ बाट अनिवार्य अवकाश लिन लागेका थापाले जंगी अड्डामा एक कार्यक्रमबीच बलाधिकृत रथी प्रभुराम शर्मालाई बुझबुझारथ गरेका हुन्।
उनका छोराले पिताको लामो कपाल पालेको फोटोसमेत राखेर उनले अब पारिवारिक जीवनमा फर्किएकोमा खुसी ब्यक्त गरेका छन् । ‘अब तपाई लामो कपाल पाल्न सक्नुहुनेछ,’ उनले लेखेका छन् ।उनले मुलुकप्रति ज़िम्मेदारी पूरा गरेको इंगीत गर्दै आफना पितालाई बधाइ दिएका छन् ।

थापाले हामी सन्ततीलाई देशप्रतिको प्रतिबद्दता सिकाएको र प्रतिबद्दताले सफलतामा पुर्याउँछ भन्ने शिक्षा दिएकोमा धन्यवाद दिएका छन् ।
तीन वर्षे कार्यकाल पूरा हुनुभन्दा एक महिनाअघि घर बिदा बस्ने प्रचलनअनुसार प्रधानसेनापति थापा मंगलबारदेखि घर बिदा बस्न लागेका छन्। सोमबार बुझबुझारथ गरेसँगै थापाले जंगी अड्डाबाट बिदा भएका थिए । बिदा हुने क्रममा थापाले पृथ्वीनारायण शाहको शालिकसँग परिवारको तस्वीर लिएका छन् ।

पृथ्वीनारायण शाहको शालिकसँग उनले नातिनी र आफनो पनि तस्वीर लिएका छन् ।

२०३६ सालबाट अधिकृत क्याडेटबाट नेपाली सेनामा प्रवेश गरेका थापाले विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै २०७५ भदौ २४ गते नेपाली सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए।
उनले २०७१ मा मध्यपूर्वस्थित गोलान हाइटमा संयुक्त राष्ट्रसंघीय मिसन युएनडिओएफको हेड अफ मिसन र फोर्स कमाण्डरको जिम्मेवारीसमेत सम्हालेका थिए। तीन वर्षे कार्यकालमा थापाले नेपाली सेनाको संगठानिक सुधारमा महत्वपूर्ण काम गरेका छन्। उनले सेनाको भर्ना प्रक्रिया, शान्ति सेनामा छनोट प्रक्रियादेखि सेनाभित्र हुने अनियमितता, भ्रष्टाचार नियन्त्रण, सैन्य आचरणको पालना, तल्लो दर्जाका सैनिकहरूको हक हित र सुनुवाइलगायतका क्षेत्रमा महत्वपूर्ण सुधार गरेका छन् ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment