थप ३ हजार ४८१ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु
काठमाडौं । गत २४ घण्टामा नेपालमा १६ हजार ६५३ जनाको परीक्षण गर्दा ३ हजार ४८१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ८८५ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ९०७ पीसीआर परीक्षण गर्दा २ हजार ६१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ८६५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा ३० जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ । हाल सक्रिय संक्रमित ३८ हजार ३१ जना रहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment