इटहरीका मेयर चौधरीको दादागिरी, सेवाग्राहीलाई कार्यलयमा थुने
थुनामा राखिएका सेवाग्राही ढकाल
काठमाडौं। इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी फेरि विवादमा तानिएका छन्। उनले वुधबार नगरपलिकको कार्यालयमै सेवाग्राहीलाई थुनेका छन्।
इटहरी–४ आइतबारेका यामप्रसाद ढकाललाई कार्यालयमै बोलाएर मेयर चौधरीले दादागिरी शैलीमा थुनेका छन्। पैनीमाथि ढकालले घर बनाएको भन्दै मेयर चौधरीले धम्कीपूर्ण शैलीमा २ घण्टा थुनेका हुन्।
चौधरीले ‘एकसाताभित्र घर भत्काउने कि थुनिदिऊँ’ भनेपछि मैले आफ्नो घर किन भत्काउने भनेर मेयरलाई प्रश्न गर्दा चौधरीले नगर प्रहरीलाई थुन्ने निर्देशन दिएको ढकालले बताएका छन्।
कहिले पत्रकारको नाकको डाँडी भाँच्न एक कारोड बजेट छुट्याएको छु भन्ने कहिले पत्रकारलाई लोपारी दिन्छु भन्दै लोपारी पनि हाल्ने प्रवित्तिका कारण चर्चा र विवादमा आएका मेयर चौधरी यो पटक सेवाग्रहीलाई थुनेपछि विवादमा आएका हुन्।
चौधरीको उक्त कदमको विरोध गर्दै नेपाली कांग्रेस इटहरी उपमहानगरपलिका सभापति हेमकर्ण पौडेलले चौधरीको यो प्रवित्तिलाई अराजकको भनेका छन्। र चौधरी महानगरको अभिभावक हुन् कि अपराधी ?भनेर प्रश्न गरेका छन्।
‘इटहरीका नगरप्रमुख द्वारिकालाल को आतंक र अराजकता को सिमा नाग्यो। कानुन र व्यवस्था छ कि छैन ? जनताबाट निर्वाचित जनप्रतिनिधिको त हो यो हालत छ । मानिसलाई उपमाहनगरपालिका भित्र बन्दी बनाउने मेयर को कानूनी हैसियत के हो? इटहरीबासी जान्न चाहन्छन्,उनी अभिभावक हुन् कि अपराधी,’ पौडेलको प्रश्न छ।







डिसी नेपाल








Facebook Comment