एनआरएनएद्वारा भूपूगोर्खा आन्दोलनप्रति बेलायत प्रहरी दमनको भत्र्सना

डिसी नेपाल
२८ साउन २०७८ १५:०६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसन बसेका भूपूगोर्खामाथि भएको प्रहरी दमनको भत्र्सना गरेको छ । संघको तर्फबाट उपाध्यक्ष डा.बद्री केसीले बुधबार भिडियो सन्देशमार्फत् आन्दोलनरत गोर्खामाथि बेलायती प्रहरीले गरेको दमनको भत्र्सना गरेका हुन् ।

सन्देशमा बेलायतस्थित प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भूपूगोर्खामाथि भएको प्रहरी दमन मानवअधिकारको हनन भएको भनिएको छ । केसीले नेपालीहरु दुई सय वर्षदेखि बेलायती सेनामा कार्यरत भूपू गोर्खाहरुले सम्राज्य ठुलो पार्न अहमभूमिका रहेको स्मरण गरेका छन् ।

उनले गोर्खाहरुको रगत र बहादुरीले बेलायती सामराज्य संसारभरि फैलियोको बताउँदै समान पेन्सन र अधिकारका लागि लडिरहेका भूपूगोर्खाहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । साथै, उनले गोर्खा आन्दोलनको बारेमा संघको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानार्कषणसमेत गराएका छन् ।

भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवासमा गत शनिबारदेखि आमरण अनशन थालेका हुन् । बेलायती कानूनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै प्रहरीले मङ्गलबार त्रिपाल हटाइदिएको थियो । त्रिपाल हटाउने क्रममा अनशनरत एक सदस्य ज्ञानराज राईले दुई शताब्दीदेखि बेलायतका लागि लड्दै आएका गोर्खाहरूलाई यसरी हस्तक्षेप गरेर पुरस्कार दिएको हो भनेर प्रशासनसमक्ष प्रश्न गरेका थिए ।

कानूनको बहाना बनाएर अनशनलाई कमजोर बनाउन खोजेको गोर्खा सत्याग्रह सङ्घर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताएका छन् । भोक हड्ताल गरिरहेका गोर्खाहरूका सम्बन्धमा सङ्घीय प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले उच्चस्तरीय समिति गठन गर्न मङ्गलबार नै निर्देशन दिएको थियो ।

बेलायत सरकारले समय तोकेर आधिकारिक जवाफ नदिएसम्म आन्दोलन नटुङ्गिने सत्याग्रह समितिले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *